कांग्रेस नेता चौलागाईछद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

२० मंसिर

नेपाली कांग्रेस रामेछापका नेता भरत चौलागाईले कुनै विद्यालयलाई सहयोगको महशुस भयो भने आफुलाई सम्पर्क गर्न आग्रह गर्नु भएको छ । रामेछाप जिल्लाको गौरीशंकर माध्यमिक विद्यालयलाई कम्यूटर र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले अहिलेसम्म जिल्लाको ६४ वटा विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग गरे, अझै यस्ता दुर्गम ठाउँका विद्यालयहरुमा सहयोग गर्ने क्रम निरन्तर जारी रहनेछ । कांग्रेस नेता चौलागाईले गौरीशंकर माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर र कक्षा शिशुदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा ९ट्याकसुट० वितरण गर्नुभएको छ । उहाँले उक्त विद्यालयमा कार्यक्रम स्थलको आबश्यक देखिएकाले त्यसका लागि पनि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।