नेकपा रामेछापको स्थानीय तहकोे नेतृत्व टुङ्गियो,, वडाको भने टुुङ्गियन

मंसिर २०

नेपाल कम्युनिष्ट पार्टीले रामेछापले जिल्लाको सबै स्थानीय तहको नृतृत्व टुगो लागाएको छ । पार्टी एकीकरण भएको वीस महिनापछि नेकपाले जिल्लाको २ वटा नगपालिका र ६ वटा गाउँपालिकामा नेतृत्व टुङग्याएको हो । नेकपा रामेछापका जिल्ला सचिव शान्ति प्रशाद पौडेलले जिल्लाको सबै स्थानीय तह कमिटीको टुुङगो लगाएको जनता भवास्लाई जानकारी दिनुुभयो ।
उहाँ दिनुभएको जानकारी अनुुसार मन्थली नगरपालिका मिटीको अध्यक्षमा कृष्णहरि अधिकारी, रामेछाप नगरपालिका नगरकमिटीको अध्यक्षमा मोतिलाल तामाङ, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा चित्र बहादुर कार्की ,गोकुलगंगा गाउँपालिका कमिटीका अध्यक्षमा खड्क बहादुर सुनुवार , लिखुतामाकोसी गाउँपालिका कमिटीको अध्यक्षमा उद्धव कडेरिया, खाँडादेवी गाउँपालिका कमिटीको अध्यक्षमा ज्ञान कुमार , दोरम्बा गाउँपालिका कमिटीको अध्यक्षमा हिरा श्रेष्ठ र सुनापति गाउँपालिका कमिटीको अध्यक्षमा ज्ञान कुमार योञ्जन चयन हुुनुुभएको छ । नेपाले ८ वटा स्थानीय तहका ६४ वटा वडा कमिटीको भने टुंगो लगाउन सकेको छैन् ।