बेताली चौकी सारेमा आन्दोल गर्ने स्थानीयको चेतावनी जि.प्रको ध्यानार्कषण गराए

मंसिर २२,

रामेछापको गोकुल गंगा गाउँ वाड नं ४ बेतालीले ईलाका प्रहरी कार्यक्रय सार्न विषयमा गम्भिर आप्ति जनाएको छ । वडाले २०५२ सालदेखी बस्दै आएको इलाका प्रहरी गत असोज ७ गतेको मन्त्री परिषदको निर्णयबाट प्रहरी चौकी बेतालीको सट्टा नाम र ठेगाना परिर्वत भै रस्नालु आएकोमा आपत्ति जनाएको हो । उनीहरुले सम्पुर्ण गाउँ तथा सम्बन्धीत वडाले चौकी जहाँछ त्यही राख्नको लागि माग गरेका छन् ।

उनीहरुले गाउँपालिकाको सम्पुर्ण पक्षले अहिलेको ठाँउमै चौकी हुनुपर्ने माग गरेको गोकुल गंगा गाउँपालिका वडा नं ४ का वडा सदस्य सिताराम कार्कीले जनता भ्वास्लाई जानकारी दिनुभयो । उहाँका अनुसार चौकी सोही स्थानमा हुनुपर्ने भन्दै भोलिबाट पहिलो चरणको आन्दोलन गर्ने जानकारी दिनुभयो ।
उनीहरुले आइतबार पहिलो चरण अन्तर्गत जिल्ला प्रमुख अधिकारी समक्षा समस्या हल गर्ने ध्याना कर्षण गरेका छन् ।