मदिरा सेवान गरि ट्याक्टर चलाउदा र्दुघटना ,एक जनाको अवस्था गम्भिर

२२ मंसिर,

रामेछापको पुरानो सदरमुकाम रामेछाप ८ मा ट्याक्टर दुर्घटना भएको छ । आइतबार अपरान्ह ४ ५० बजेको समयमा रामेछापबाट सदरमुकाम मन्थली तर्फ आउदै गरेको भे १ च ३१२१ नम्बरको ट्याक्टर मन्थली र रामेछापको बिचमा पर्ने बाबिया खार्कनजिक दुर्घटनामा परेको हो । दुर्घटनामा परी ४ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा मन्थली नगरपालिका १ का ४० वर्षीय टंक नारायण गौतम र सोही ठाँउका ५८ वर्षीय बलबहादुर श्रेष्ठ , महोतरी का २१ वर्षीय कल्याण चौधरी, रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का ५८ वर्षीय तोरण श्रेष्ठ रहेका छन । घाइते मध्ये बल बहादुर श्रेष्ठको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछाप प्रहरीका अनुसार मदिरा सेवन गरेर ट्याक्टर चलाएका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुशन्धान रहेको छ । ट्याक्टर सडकबाट ५० मिटर तल खसेका छ ।