रामेछाप जेसिसको जिल्ला अधिवेशन सम्पन्न,

मंसिर २२

नेपाल जेसिज रामेछाप शाखा २०२० को अध्यक्षमा गोपाल खड्का निर्वाचित हुनुभएको छ । जेसिज रामेछापको शनिबार रामेछापको सदरमुकम मन्थलीमा पाचौं साधारण सभा तथा जिल्ला अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यासमिति कानुनी सल्लाहकारमा राम कुमार बस्नेत, यसैगरी कार्यकारी उपाध्यक्षमा जीवन कार्की र रामहरि सापकोटा निर्वाचित हुनुभएको छ ।
त्यस्तै महासचिवमा सरस्वती राय, कोषध्यक्षमा सन्तोष खत्री, उपाअध्यक्ष्यमा कल्याण खड्का र विमल पौडेल ,ज्ञानु श्रेष्ठ र यादव केसि निर्वाचित हुनुभएको छ । त्यस्तै नयाँ सदस्यमा संगिता श्रेष्ठ, नारायण थापा, विमोद श्रेष्ठ कलम खत्री, धिरोज खत्री, कुमार श्रेष्ठ, दिया महत, सुनिता कार्की चयन हुनुभएको छ ।