मन्थली नगरभित्रका कुन सडक कालोपत्रे हुदै, (सुची-सहित)

मंसिर २२

मन्थली नगरापलिकाका नगरा प्रमुख रमेश कुमार बस्नेतले नेपालीहरु राता रात धनी बन्ने चहानामा परिश्रमी गर्न छोडेको बताउनुभएको छ । नेपाल जेसिजको पाचौ साधारण सभामा शनिबार मन्थलीमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । साधारण सभामा बोल्दै उहाँले अवको दुई वर्षमा धेरै उपलब्धी हाँसील हुने बताउनुभयो । उहाँले अहिले जिल्लाका विभिन्न सडक, कवर्ड हल, निमार्णको चरणमा रहेकाले देखीने गरि काम गर्ने नसकेको बताउनुभयो । ३० महिना कडा मेहनत गरेपनी उपलब्धी हाँसिल नभएको दाबी गर्नुभयो । सात सय मानिस अटाउने कवर्ड हल निमार्णमा रहेको जानकारी दिनुभयो । उहाँले कृषि, पशुपालन, उद्योगमा हामी नलागेको बतानउुभयो । गाउँको खेती धेरै बाजोँमा परिनत भएको औल्याउनुभयो ।


उहाँले स्थानीय तहको जनप्रतिनीधि भएर काम गर्न गाह्रो भएको बताउनुभयो । उहाँले एक जनाले महिला, बालबालिका, शिक्षा , स्वास्थ्य लागायत पर्यटन सबैमा काम गर्नुपर्ने भएकोले समस्या भएको गुनासो गर्नुभयो ।


मन्थलीमा तिनलालको स्मृति पार्क, अत्याधुनीक खेलकुद मैदान, कवर्ड हल, शान्ति पर्क, ५०–५० जना अटाउने कन्फेन्स हल पोखरी महिला पुरुषले खेलन मिल्ने स्मिङुपुल, चाडै बन्ने जानकारी दिनुभयो ।


उहाँले काठजोर–गेलु–सालु–फुलासी–चिसापानी– पुरानो–भलुवाजोर लगायत सडकहरु स्थानीय सरकारबाटै बजेटको विनियोजन भै कालोपत्रे अभियानमा अघि बढेको जानकारी दिनुभयो । उहाँले सबै मिलेर अघिबढे वृद्धि र विकास गर्ने सकिने दाबी गर्नुभयो ।