कपिलवस्तुमा दोस्रो वडा स्तरिय क्रिकेट प्रतियोगिता तथा वडा अध्यक्ष कप सम्पन्न

भगवती न्यौपाने ,कपिलवस्तु ,मंसिर २३

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ८ को मायादेवी रंगशालामा १६ गते बाट सुरु भएको दोस्रो वडा स्तरिय क्रिकेट प्रतियोगिता वडा अध्यक्ष कप सोमबार समापन भएको छ । अल स्टार युवा क्लप मोर्मिका खोलाडीले १ विकेट ल्याउदै प्रथम भएका छन् । दोस्रो चप्परगाउ टोल विकास संस्था र तृतीय वोडगाउ टोल विकास संस्था बोडगाँउ भएको छ । वडा भित्रका ९ वटा समुहको सहभागिता भएको खेलमा चपरगाउँले मोर्मि सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
वडा स्तरिय युवा सन्जालको आयोजनामा शुरु भएको खेलकुदमा जिल्ला खेलकुद समितिका अध्यक्ष छवि रेश्मी मगरले पछिलो समय युवाहरु धेरै खेलप्रती रुची राखेको बतानु भएको छ । वडा नम्वर ८ का वडा अध्यक्ष गुणनिधि भुषालले खेल मौदानलाई आगामी दिनमा अझै राम्रो बताउनेबताउनु भएको छ ।
वडा स्तरिय युवा सन्जालका अध्यक्ष दयाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चान भगवती न्यौपानेले गनुृ भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य गिता भुषाल, पूर्णकला सुनार, वडा सदस्य नाथु थारु, वाणगंगा बहुमुखि क्याम्पका स्ववियु सभापति माधव पौडेल, समाज सेवि, बुद्धिजिवी खेलागी लगायतको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा प्रथम हुनेलाई १५ हजार मेडल ,प्रमाण प्रत्र सिल दोसो हुनेलाई ८ हजार मेडल ,प्रमाण प्रत्र सिल र तेस्रो हुनेलाई ४ हजार मेडल ,प्रमाण प्रत्र सिल प्राप्त गरेका थिए । खेलमा म्याच अफ द म्याच मोर्मिका विष्णु थारुले प्राप्त गरेका छन भने म्याच अफ द सिरीस चपरगाउँका छवि पौडेलले प्राप्त गर्नु भएको छ ।