महिला हिंसा विरुद्ध सरोकारवलासंग अन्तराक्रिया सम्पन्न ( फोटोसहित)

२३, मंसिर,

रामेछापको सदरमुका मन्थलीमा सोह्र दिने महिला हिंसा विरुद्धको अभियान अन्र्तगत आज सरोकारवालाहरु सग अन्तराक्रिया कार्यक्रम भएको छ । आज १५ औं दिन मन्थली नगरपालिकाको आयोजना र क्रियासील महिला पत्रकारको समयोजनमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । नगरापालिका भित्रका १४ वटै वडाका महिला वडा सदस्यहरुको उपस्थितिरहेको सो कार्यक्रम मन्थली नगरपालिकाकी प्रमख तथा महिला हिंसा विरुद्धको अभियानकी संयोजक मायाँ कुमारी कार्कीको अध्यक्ष्तामा तथा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुुख आतिथ्येतामा भएको हो । कार्यक्रमा महिला हिंसा विरुद्ध भएका विभिन्न कार्यक्रम, नियुुनिकरणको लागि खेलीयको भुमिक, आगामी कार्ययोजना, विगतको कामको समिक्षा, १४ वटै वडामा महिलाहरुको अवस्थाका बारेमा खुल्ला छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख तथा अभियानकी संयोजक मायाँ कुमारी कार्कीले महिला हिंसा दिवसको रुपमा मात्रै मनाएर नियुनिकरण नहुने धाराण ब्यक्ता गर्नुभएको छ । संयोजक कार्कीले १६ दिने अभियानबाट हिंसाको कारण सिकेर वर्षै भरि त्यसको प्रतिकारमा लाग्न महिलाहरुलाई निर्देशन दिनुभयो । उहाँले महिलाहरु महिलाबाटै पनि हिंसामा परेको बताउदै आगामी दिनमा हिंसा लुकायर नराख्न सबैमा आग्रह गर्नु भयो । नगरपालिकाले सबै क्षेत्रमा काम गरि रहेको स्मरण गराउदैँ आगामी दिनमा यसलाई प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्ता गर्नुभयो । नगरपालिकाले काम गरेको छैन भनेर आलोचना भैरहको भन्दै उहाँले अहिलेको कामको परिणाम केही समयमा प्रयाप्त आउने दाबी गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले महिला हिंसा सबै मिलेर अन्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कसैले पनि हिंसा गर्ने नहुने र गरेको पाईएमा कडा भन्दा कडा काबही गर्नुपर्ने धारण ब्यक्ता गर्नुभयो ।
त्यस्तै कार्यक्रमा बोल्दै नगरापालिकका प्रशासकिय प्रमुख हेमन्त बुढाथोकीले नगरपालिकाले महिलाको क्षेत्रमा उल्लेखिय प्रगती हासिल गरी रहेको बताउनुभएको छ । उहाँले विगतको तुलनामा महिला दिदीबहिनीहरुलाई र्हेदा र अहिलेको अवस्थालाई नियालन पनि आग्रह गर्नुभयो । उहाँले सबै कुरा एकै पटक नहुने भन्दै आगामी दिनमा सुधारको राम्रो नतिजा हाँसील हुने दाबी गर्नुभयो ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्रि नयाँघरे, जिल्ला पत्रकार महासंघ रामेछाप शाखाका उपध्यक्ष कैलाश खत्री, लगायत मन्थली नगरापालिकाका १४ वटै वडाका महिला वडा सदस्यहरुले बलेका थिए ।

फोटो

फोटो

फोटो