नेपाली सेनाको गाडीले मोटरसाइकलाई ठक्कर दिदा एक बालकको मृत्यु एक घाइते

२४,मंसिर,

रामेछापको भंगेरीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । एक जना सामान्य घाईते भएका छन् । रामेछाप नगरपालिकाबाट सदरमुकाम मन्थली तर्फआउदै गरेको नेपाली सेनाको ना १ झ १०७० नम्बरको सरकारी गाडी र विपरीत दिसाबाट जाँदै गरेको ना ३८ प ३९४० नम्बरको दुर्तगतिमा रहको मोटरसाईकललाई सेनाको गाडीले ठक्कर दिदा मोटरसाइकलमा सवार १४ वर्षीय सुनिल घिसिङको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रविभुषण यादवले जनता भ्वाईसलाई जानकारी दिनुुभयो।

मोटरसाइकल सिक्दै गरेका उनीहरुले र्दुत गतिमा मोटरसाइकल चलायका र नियन्त्रणमा लिन नसकेर सेनाले जोगाउदा जोगाउदै ठक्कर दिएको थियो ।

घाईते

मोटरसाइकल मृतक घिसिङले चलाएका थिए । उनको पछि बसेका १४ वर्षका रामकृष्ण शाह घाइतेलाई उपचारको लागि रामेछाप जिल्ला अस्पताल लगिएको छ । मृतको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । उनिहरु दुबै जना कक्षा ८ मा श्री मावि भंगेरीमा अध्यनतर विद्यार्थी हुन ।

जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता रविभुषण यादवका अनुसार मोटरसाकल तिव्र गतिका कारण दुर्घटना भएको हो । मोटरसाईकल चालक भर्खरै मोटरसाईकल चलाउन सिक्दै गरेका थिए । उनले हेलमेट पनि नलगाएको कारण उनको ज्यान गएको प्रहरी प्रवक्ता यादवले बताउनुभयो ।