राष्टिय दलित पत्रकार संघ दोलखाको अध्यक्षमा सुदिप रसाईली चयन

२४,मंसिर,

राष्टिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ को प्रथम जिल्ला भेला दोलखामा मंगलबार सम्पन्न भएको छ । सोही अवसरमा संगठनले आफनो जिल्ला कार्य समिति गठन गरेको छ । जसमा जिल्ला सुदिप रसाइली अध्यक्षमा चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा एलिना सेन्चुरी, सचिवमा उद्धव विश्वकर्मा , सह सचिवमा ईश्वर विश्वकर्मा, कोषअध्यक्षमा रेखा दर्जी चयन हुनुभएको छ । त्यस्तै चार जान सदस्य पनि चयन गरेको छ । बाबुराम बि।सी, प्रदिप सेन्चुरी,रमा धनुके, विद्या परियार सदस्यमा चयन हुुनुुभएको हो । चयन गरेका सम्पुुर्ण दोलखा जिल्लाका विभिन्न संचारमाध्यममा काम गर्दै आएका छन् ।
संघठनको जिल्ला दलित पत्रकार गठन राष्टिया कार्यक्रम अन्र्तगत समिति गठन गरिएको हो

जनता भ्वास परिवार उहाँहरुको सफल कार्यकालको शुुभकामना ब्यक्त गर्दछ ।