चार स्वर्ण पदक बिजेता गौरिकाले सरकारबाट ५६ लाख पाउने

मंसिर २५,

काठमाडौ -१३ दक्षिण एसियाली खेलकुद (साग) मा सबैभन्दा बढी स्वर्ण पदक जित्ने गौरिका सिंहले ५६ लाख पाउनुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक बिजेता खेलाडीहरुलाई बालुवाटारमा बोलाएर पुरस्कारको घोषणा गर्नुभएको थियो । स्वर्ण बिजेतालाई ९ लाख रुपैया दिने घोषणा गरेपनि दुईभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाखका दिने घोषणा बुधबार सरकारले गरेको छ

यो घोषणापछि गौरिकाले करिव ५६ लाख रुपैया पाउनुहुने भएको हो  । उहाले चार स्वर्ण जित्नुभएको थियो । ११ लाखका दरले ४४ लाख र दुई रजत जित्नुभएको उहाँले दुई रजतमा पनि हात पाउनुभएको थियो । जस्ले थप १२ लाख हातपर्न सहयोग गरेको छ । योसंगै उहाँले जम्म ५६ लाख पाउनुहुने भएको छ  ।

सरकारले स्वर्ण पदक जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाखको घोषणा गरेको छ । तर दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीले भने ११ लाखका दरले रकम पाउने भएका छन् । नेपालको इतिहासमै पहिलो पटक खेलाडीलाई सरकारले यति मोटो रकमले सम्मान गरेको हो ।