उमाकुुण्ड रामेछाप जिल्लाकै सबैभन्दा बढी मठ मन्दिर भएको ठाउँ हो : उप प्रमुुख कार्की

२७, मंसिर

रामेछापको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीले जिल्लाकै गाउँपालिका मध्य सबैभन्दा बढी मठमन्दिर भएको बतानउुभएको छ । गाउँपालिकोको वडा नं २ बाम्तिभण्डारमा बिहिवारबाट सुरुभएको श्रीमतभागवत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जिल्लाकै सबैभन्दा बढी मठ मन्दिर, गुम्बा, लगाएत पौराणिक कथा बोकेका स्थल रहेको बताउदै त्यसको वृद्धि विकासमा लाग्न सबै गाउँपालिका बासीमा आग्रह गर्नुभयो । उहाँले मठ मन्दिरको विकासमा गाउँपालिका सधैँ कठिवद्ध रहेको पनि प्रतिबद्धता जनाउनुभएको छ ।

त्यस्तै सोही वडाका वडा अध्यक्ष खम्बध्वज बस्नेतले रामेछाप जिल्लाकै उत्तरी क्षेत्रमा राष्टिय रुपमा ख्याती प्राप्त भागवत बाचिका देबी सुश्री गरिमा उपाध्याय जस्ता भागवत बाचिका देबीको पाइला पर्नु बाम्तिभण्डार लगायत आसपासका भक्तजनहरु भाग्यमानी रहेको बताउनुभयो । उहाँले वडाबाट प्रवहा हुने सम्पुर्ण सेवा गर्ने सधैब प्रतिवद्ध जनाउनुभयो ।