नेपाल मगरसंघ रामेछापको नयाँ कार्य समिति अबैधानिक : समितिकै सदस्यद्वारा विरोध

२९,मंसिर,

नेपाल मगर संघ जिल्ला कार्य समिति अबैधानिक भएको भन्दै विवाधमा मुछिएको छ । संघको सातौ अधिवेशन शनिबार मन्थलीमा सम्पन्न भएसंगै नयाँ बिबादमा मुछियकाे हाे । शनिबार भएको अधिबेशनबाट लाेक तथा दाेहाेरी गायक शिवसागर मगरको नेतृत्वमा नयाँ कार्य समिति बनेको थियो । तर यो भन्दा अघि नेपाल मगर संघमा आवद्ध नभएको ब्यक्तिले नेत्रित्व पाएको भन्दै निर्वतमान सचिव कलपना आलेमगर सहितको टिमले विरोध जनाएका हुन् ।

अदिवेशनले संस्थाको विधान विपरित समिति गठन गरेको र संस्थाको नियम उल्लङघन् गरेकाले संस्थाका अन्य पदाधिकारीले असहमति जनाएका छन् ।

संघमा जिल्लाका २५ जना भन्दा बढी मगरहरु अवद्ध रहेका छन् । यसले जिल्लाका सम्पुर्ण मगरहरुको अधिकार,भाषा, धर्म,संस्कृतिको जर्गेना गर्ने उद्देश्यले संगठित संस्थाले नेत्रित्व नै अबैधानिक भएको भन्दै उनीहरु संगठनमा माथी नै धावा बन्न बाध्ये भएका हुन ।