नेपाल मगर संघको समिति अबैधानिक छैन : भ्रम फिजाएको भन्दै आपत्ति

३० ,मंसिर,
नेपाल मगर संघ रामेछापले केही पदादिकारीले नै संघ प्रति भ्रम फिजाएको भन्दै आपत्ति जनाएको छ । गतएको मंसिर २८ गते शनिबार मन्थलीलमा भब्यताका साथ गठन गरिएको समिति प्रति समितिकै केही पदादिकारीले आरोप लागाउने काम गरेकाले त्यसको सोेमबार मन्थलीम नव निर्वाचित अध्यक्ष शिव राम मगरसहितको टिमले पत्रकार सम्मेलन गरि खण्डन गरेको छ ।

उनीहरु विरुद्ध गत आइतबार निर्वातमान सचिव कलपना आलेमगर सहितको टिमले नया नेत्रित्व अबैधानिक भन्दै विज्ञाप्ति मार्फत विरोध जनाएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै वननिर्वाचित अध्यक्ष मगरले केन्द्रिय पतिनीधिसहितको उपस्थितिमा सबैको सहमतिमा सर्वसमितिले आफुलाई अध्यक्षमा चयन गरेकाले कुनै पनि हालतमा अबैधानिक भन्ने ठाँउ नभएको र नरहेको जिकिर गर्नुभयो । साथै उहाँले यस्ता भ्रमपूूर्ण वातावरण सिर्जना गरि सगठनको मर्यादामा अँच नपु¥याउन आरोपितहरुलाई सुुझाव दिनुुभयो ।
संघले जिल्लाका सम्पुर्ण मगरहरुको ,भाषा, धर्म, संस्कृतिको जर्गेना लगायत मगरहरुको सम्पूर्णताको बारेमा काम गर्दै आएको छ ।