कपिलवस्तुमा थारु बाजा र ढकिया बुन्ने तालिम सुरु

भगवती न्यौपाने कपिलवस्तु पुष, ४

भाषा संस्कृति,रितिरिवाज, र पेशाको संरक्षण गर्न आवश्यक रहेको वडा नम्वर ८ का वडा अध्यक्ष गुणानिधी भुषालले बताउनु भएको छ । बुधवारबाट सुरु भएको थारु समुदायको परम्परागत सिप विकास तालिम अर्थात थारु बाजा र ढकिया बुन्ने तालिमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । हरेक व्यक्तिको पहिचान सिप संग जोगिने भएको हुदा सिपलाई व्यवसायिक तरिकाले लौजान उहाँले सबैलाई आग्रह गर्नु भयो । आफनो सिप बेचर पर्यटक पर्बद्धन गर्न यस पेसाले ठुलो मद्धत पुग्ने तर्क गदै वडा अध्यक्ष भुषालले थारुको संस्कृति पहिचान जोगाउन कुनै कसर नछोड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
वाणगंगा नगरपालिका वडा नम्वर ८ द्धारा ढोडेकोललमा आयोजना भएको कार्यक्रममा शिक्षक तथा थारु कल्याणकरीणीका पुर्व केन्द्रिय सदस्य भोजराज थारुले पछिलो समय युवाहरु आफनो सस्कृति विर्सिएकोमा चिन्ता व्यक्त गर्नु भयो । साथै उहाँले लोप हुने खतरामा पुगेको थारु पहिचानको पेसा वडाले जोगाई दिन लागेकोमा खुसि व्यक्त गर्दै सम्पुर्ण प्रशिक्षार्थिहरुलाई अनुशसन भएर सिक्न आग्रह गर्नु भयो ।
वडा सदस्य नाथुराम थारुको अध्यक्षता, मोर्मी टोल विकास समितिका अध्यक्ष सक्रान्ति थारुको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव तेजप्रसाद अर्यालले गर्नु भएको थियो । आज अर्थात २ गते बाट सुरु भएको तालिम ७ गते सम्म चल्ने छ । तालिममा ढकियाको प्रशिक्षण मिना थारु र तुल्सी कुमारी थारुले र मादलको रामवली थारुले दिनुहुने भएका छ ।
कार्यक्रममा वडा सदस्य शिव प्रसाद पाण्डे, समाजसेवि बाबुराम थारु, नाथुराम थारु लगायतको उपस्थित रहेको थियो ।