देश विकासको ढाँचानै परिवर्तन गर्नु पर्छ नेकपा नेता श्रेष्ठ ( भिडियाे सहित)

०४,पौष,

नेकपा रामेछापका नेता अनन्द श्रेष्ठले देशमा भैरहको सम्पुर्ण विकास निर्माणकोे मोडल परिर्वतन गर्नु पर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पारस्परिक जवाफ देहिता परियोजनाले मानवअधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा विहिबार सदरमुकाम मन्थलीमा गरेको विकासका लागि नागरिक समाज र सञ्चार जगत बिषयक अन्तरक्रिया कार्यक्रमका बोल्दै अहिलको विकासको गतिले देश विकास गर्न नसकिने जिकिर गर्दै आगामी दिनमा विकासको सम्पुर्ण ढाँचा तीनै तहले परिर्वतन गर्नु पर्नेमा जोड्दिनुभयो । अहिलेको विकास विविध प्रकिृयाले जताततै समस्या भएकोले यसेको ढाचाँ परिर्वतन गर्नै पर्नै स्पष्ट पार्नुभयो । उहाँले अहिले देशमा सबै भ्रष्टचारमा लागेको पनि बताउनुभयो । स्थानीय स्तरमा हुने विकास निर्माणका काममा कमाउने मनसायले उपभोक्ता समितिमा बस्न तँछाड मँछाड गर्ने प्रचलन बढेकाले यसलाई कम गर्नका लागि विकासको मोडलमा नै परिवर्तन गर्न आवश्यकता देखीएको उहाँको बुझाई छ ।
त्यस्तै नेपाली कांग्रेसका सचिव लेख बहादुर कार्कीले जिल्लामा दुई ठुला दल एक ले आर्कालाई आरोप प्रत्यारोप गरेर मात्रै विकासको काल्पना गर्न नसक्ने दाबी गनुपर्ने धाराण राख्नुभयो । उहाँले आगामी दिनमा दुई दल मिलेर अघिनबडे देशको भविष्य अन्धकार तर्फ धकेलिने दाबी गर्नुभयो । जिल्लाको विकास निर्माण लगाएतका काममा अनियमितता बढ्दो रुपमा रहेकोले अब राजनैतिक दलले उम्मेदवारको बिषयगत योग्यता हेरेर मात्रै टिकट दिनुपर्ने दाबी गर्नुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले देशमा तीनै तहमा भ्रष्टचार नीति रुपले अघिबढेकाले पत्रकारहरुलाई चुनौति र्सिजना भएको दुखेसो गर्नुभएको छ । उहाँले भ्रष्टचार चारैतिर लिप्त भएको तर पहिलेको तुलनामा कोही पनि मिडियाको सामुबोल्न नचाहाने भएकाले यसको नित्रन्त्रणमा चुनौति र्सिजना भएको बताउनुभएको हो ।
अन्तरक्रिया कार्यक्रमा जिल्लाका विभिन्न सर्वसाधारण, नागरिक समाजका अगुवा, पत्रकार र राजैतिक दलका प्रतिनिधिहरुले जिल्लाका सबै क्षेत्रमा भ्रष्टचार बढ्दै गएको गुनासो गर्न गरेका छन् । र त्यसलाई नियन्त्रण गर्न नागरिका समाजलाई अग्रसरहुन सुझाव दिएका छन् ।