मन्थलीमा कृषि उत्पादन वस्तुको भण्डारण स्थलको निर्माण हुदै : नगर प्रमुख बस्नेत

पौष,०४

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले मन्थलीमा कृषि सामाग्री सुरक्षित भण्डारण गर्ने स्थानको निमार्ण गर्ने जानकारी दिनुभएको छ । जिल्लाको सदरमुकाम मन्थली बजार आसपास्मै चाँडै सुरक्षित कृषि उत्पादक घरको निमार्ण गर्न लागिएको बताउनुभएको हो ।

मन्थलीमा शुक्रबार भएको एक कार्यक्रममा बोल्दै उहाँले जिल्लाका विभिन्न ठाँउबाट कृषि उत्पादक वस्तु मन्थली बजार बिक्रीको लागि ल्याउने तर उचित तरिकाले कृषकले मन्थली बजारमा बिक्री, बितरण नसकेको अवस्थालाई निर्मूल पार्न र कृषि बजार सहजिकारणको लागि चाडै नै सो ब्यवास्थापनको काम गर्न लागेको जानकारी दिनुभएको हो । हाल कृषि उत्पादनले जिल्लामा राम्रो बजार पाउन सकेको छनै ।