फोनिजको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुदै

पौष ५

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज को राष्ट्रिय भेला आउदो पौष ६ र ७ गते संघिय समितिको आयोजना, ३ नं।प्रदेश समितिको संयोजन तथा जिल्ला शाखा सिन्धुलीको व्यवस्थापनमा सिन्धुलीगढीमा हुने भएको छ ।

सो राष्ट्रिय भेलाले भ्रमण वर्ष २०२० मा सिन्धुलीगढीमा पर्यटकको गन्तव्य स्थल बनाउन सहयोग पुग्ने फोनिज जिल्ला शाखा सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठले वताउनुभएको छ ।

राष्ट्रिय भेलामा देशैभरका अदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहने बताइएको छ । देशभर ५६ जिल्ला तथा ६ वटा विदेश शाखा रहेको फोनिजमा करिब चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध रहेका छन् ।