बालकल्बका प्रमुखहरुलाई विपद पुर्वतयारी सम्बन्धी मन्थलीमा अभिमुखीकरण

पौष ५

रामेछापको सदरमुकाम मन्थलीमा विपदको पुर्वतयारी सम्बन्धी अभिमुखिकरण तालिम गरिएको छ । जिल्लाका बालक्लबका सदस्यहरुका लागि विपद पुर्व तयारी कसरी गर्न सकिन्छ ,कसरी सुरक्षित हुने र सुरक्षित विद्यालयका सूचकहरुका बारेमा छलफल गरी गरिएको हो ।
तालिममा जिल्लाका विभिन्न विद्यालयका बालक्लबका सदस्य र समुदायिक स्तरका बालबालिकाको सहभागिता रहेको वातावरण संरक्षण परियोजना रामेछापका संयोजक विनोद थापाले जानकारी दिनुभयो ।
संघीय आर्थिक सहायता तथा विकास मन्त्रालय जर्मनी र तेर दे जोम्स जर्मनीको आर्थिक सहयोगमा सामुदायीक विकास समाज मन्थली, सिृजनशील युवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको सहजिकरणमा सञ्चालित वातावरण संरक्षण परियोजनाले मन्थली नगरपालिका वडा नं १ देखी ५ सम्मका विभिन्न विद्यालयमा रहेका बालक्लबहरुका सदस्यका लागि तालिमको आयोजना दिएका हो ।