महालक्ष्मी लाईफको अभिकर्ता तालिम मन्थलीमा

०५, पौष,

रामेछापको मन्थलीमा रहेको महालक्ष्मी ईन्सोरेन्स कम्पनीले आभिर्कता तालिम दिएको छ । कम्पनीले आगामी दिनमा आफ्नो प्रिमियमलाई बढाउनको लागि सहयोग पु¥याउने उद्देश्यले शनिबार मन्थलीमा ३० जना नयाँ अभिकर्ताहरुलाई अभिकर्ता तालिम दिएको हो ।
कम्पनीका जिल्ला शाखाका प्रमुख गंगा फुयाँलको सक्रियतामा तालिम दिएको हो । तालिममा सहभागिहरुले केन्द्रिय प्रशिक्षकबाट प्रशिक्षण गराएको हो ।
महालक्ष्मी लाईफ ईन्सोरेन्स कम्पनी गत वर्ष २०७५ मा केन्द्रिय स्तरमा स्थापना भैइ हाल ५७ वटा शाखा विस्तार गरि आर्थिक कर्यमा संलगनता रहेको तालिमका क्रममा जानकारी दिएको छ ।
रामेछापको मन्थलीमा गत साउन देखी कम्पनीले शाखा विस्तार गरि आफ्नो सेवा दिइरहेको छ ।
रामेछाप जिल्लाको मन्थली बजार सानो भएपनि सबैजसो ईन्सोरेन्सहरुले आफ्नो शाखा विस्तार गरि धमाधम सेवा दिइरहेका छन् ।