युवती कोठामा मृत फेला

०५, पौष,

काठमाण्डौंमा एक युवती मृत फेला परेकी छन् । शुक्रबार काठमाण्डौं महानगरपालिका वडा नं २६ ठमेल नर्सिङ चोकको एक होटलमा अनुगमनको क्रममा उनी मृत पेला परेकी हुन । उनलाई बौद्ध घर बताउनी छिरिङ मोत्तानले कोठा नं ३०३ मा कोठा बुक गरि राखेका थिए । उनी गत पुष २ गते कोठामा बसेकी थिइन् । कोठा सफा गर्न जाने क्रममा ढोका खोली हेर्दा ओछ्यानमा उनी मृतअवस्थामा भेटिएकी हुन् । उनलाई कोठामा राख्ने मोत्तान अहिले सम्पर्क बिहिन भएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरुगरेकाले थप जानकारी आउन बाँकी छ ।