नेकपा रामेछाप जिल्ला कमिटी गाउँ कमिटीलाई सपथ खुुवाउन ब्यस्त,,लिखु तामाकोसीका गाउँ कमिटिले पुुर्णता पायो (भिडियो सहित)

मन्थली, ०८ पौष,

रामेछापको लिखु तामकोसी गाउँपालिका भित्रको नेपाल कम्नुष्टि पार्टीका सातै वटा वडाले पनि वडा कमिटिको टुङ्गो लागेको छ । सोमबार गाउँपालिकाका कमिटिको यस अघिनै टुङ्गो लागेका अध्यक्षसहितका कमिटिलाई सपथ ग्रहण समाहरोमा सातै वडाका वडा अध्यक्षहरुलाई पनि सपथ खुवाएको हो ।
गाउँपालिका कमिटिका ७५ जनालाई जिल्ला इन्र्चाज देव शंकर पौड्ल, अध्यक्ष मैन कुमार मोत्तान, सचिव शान्ति प्रसाद पौड्यल पार्टीका प्रदेश कमिटिका सदस्य तारानारायन श्रेष्ठ, लक्ष्मी गुरुङ, टलक घिसिङले गाउँकमिटिका अध्यक्ष उद्धव प्रसाद कडरीया, सचिव धुव्र कुमार कार्की (शन्दिप) कार्यालय सचिव र सचिवलायका ३५ जना साथै सातै वडा वडाका पार्टीका वडा अध्यक्षलाई सपथ खुवाउनुभएको हो ।

वडाका अन्य पदादिकारीलाई भने आगामी पुष आठ र नौं गते गाउँपालिकाका सबै वडाका पदादिकारीलाई एकै पटक भब्य समाहारोका बिच घोषण गर्ने कार्यक्रम तयभएको राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष शेर बहादुर खड्का (बिद्रोह) ले जानकारी दिनुभएको छ ।
त्यस्तै ३७ जना सलाहाकार कमिटिलाई पनि कमिटि गठन गरि सपथ खुवाएका छन् ।
यस अघि उमा कुुण्ड गाउँपालिकाका गाउँकमिटिलाई सपथ खुवाई सकिएको छ ।