रामेछापका बर्देवा पेस्तोलसहित पक्राउ

९ पौष

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा १३ का एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मन्थली नगरपालिका फुलासिका रोसन वर्देवा रहेका छन् । उनी नेपाली सेनाको भगौडा भएको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिकास्थित बालुवाखानीतिर हतियार बोकेर हिँडिरहेको भन्ने सूचनाको आधारमा महाशाखाको विशेष टोलीले रामेछाप घर भइ हाल काठमाडौंको चुनिखेल बस्दै आएका ३५ वर्षीय रोशनलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले उनको साथबाट एक थान पेस्तोल बरामद भएको र उनीमाथि थप अनुसन्धान भइरहेको बताउनुभयो ।