चोरीको मोटरसाईकलसहित रामेछापका तामाङ पक्राउ

पुुष,१२, मन्थली,

रामेछापको दोरम्बा गाउँपालिका ७ का एक युुवक भक्तपुरबाट पहरीको नियन्त्रणमा परेका छन् । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका ७ का १८ वर्षीय अनिल तामाङसहित काभ्रेपलान्चोकको अनेकोट गाउँपालिका १ का २० वर्षीय मनराज तामाङ रहेका छन् ।
चोरीको मोटरसाइकलसहित भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका २ दुवाकोट मोडबाट दुुबैलाई नियन्त्रणमा लिएको हो । उनीहरुको सवारी जाँचका क्रममा मनराजले चलाएको बा ८६ प १४५० नम्बरको मोटरसाइकलको कागजपत्र नभएपछि प्रहरीले चालकसहित मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा सो मोटरसाइकलको च्यासिस र इञ्जिन नं. गएको कार्तिक १७ गते काठमाडौं महानगरपालिका अनामनगरबाट चोरी भएको जेनिस तामाङको बा ९२ प २३७१ नं. को मोटरसाइकलसँग मेल खान गएपछि चोरीको मोटरसाइकल भएको खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुुभयो । मोटरसाइकल र पक्राउ परेका दुवै युवकलाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी वृत्त सिंहदरवार काठमाडौंमा पठाएको थापाले बताउनुुभयो ।