राज्यले लगानीका लागि उपयुक्त वातावरण निर्माण गरेन : अध्यक्ष श्रेष्ठ

पौष १२

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले राज्यले लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न नसकेको बताउनुुभएको छ । रामेछाप उद्योग बाणिज्य संघको १२ औं बार्षिक साधारणसभालाई शनिबार मन्थलीमा सम्बोधन गर्दे अध्यक्ष श्रेष्ठले लगानीमैत्री वातावरण बनाउँको साटो कार्यान्वयनै हुननसक्ने कानुनुन्हरु बनाएर राज्यले व्यवसायीहरुलाई निरास बनाएको बताउनुुभएको हो । अध्यक्ष श्रेष्ठले राज्यले बनाएको गलत र कार्यान्वयन हुन नसक्ने कानुनहरुका विरुद्ध एकजुट भएर लाग्न व्यवसायीहरुलाई आह्वान समेत गर्नुभयो । व्यवसायीहरुलाई अहिलेका निर्वाचित जनप्रतिनिधिहरुले बुझ्न नसक्दा सधै समस्या हुने गरेको उहाँको भनाई छ ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव जगन्नाथ दाहालले संघको बार्षिक प्रतिवेदन र संघका कोषाध्यक्ष पवनकुमार कठेतले संघको आर्थिक बर्ष २०७५÷०७६ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्षहरु , नेकपाका नेता लव श्रेष्ठ , नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने , रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डे , पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल ,गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।