रामेछापको फुलासीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

१२ पौष, मन्थली,

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १३ फुलासीमा एकदिने निशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । नेपाल सि।आर।एस कम्पनीको सहयोगमा मन्थली
नगरपालिकाले आयोजना गरेको शिविरमा ६४ जनाले सेवा लिएको मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशवराज फुयालले जानकारी दिनुभयो । फुलासी स्वास्थ्य चौकीको प्राङगनमा संचालन भएको शिविरमा अब्ष्टेट्रिक फिष्टुला , आङखस्ने समस्या , पाठेघरको मुखको क्यान्स तथा स्तन क्यान्सर परिक्षण र यौनरोग सम्बन्धी औषध उपचार सेवा प्रदान गरिएको स्वास्थ्य संयोजक फुयालको भनाई छ । शिविरमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रका डा. अशोक खनाल , मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशवराज फुयाल , मन्थली नगरपालिकाका जनस्वास्थ्य निरिक्षक रामप्रसाद प्रसाई , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रका स्टाफ नर्स कमला श्रेष्ठ , नर्मदा सुवेदी र नेपाल सि।आर।एस कम्पनीका कर्मचारीहरुले सेवा दिएका थिए ।