रामेछापमा भुकम्पछि ७६ प्रतिशत निजि घर बने, स्थानीय भन्छन् उल्लेख्य प्रगति भएन

पौष १२

विनाशकारी भुकम्प गएको ४ बर्षमा रामेछाप जिल्लामा ७६ प्रतिशत घर बनेका छन् । राष्ट्रिय पुनर्निर्माणको ७६ प्रतिशत निजि घर सम्पन्न भएको छ जम्मा ४ लाख ८९ हजार ३९ घर बन्न पर्नेमा ३५ हजार ७ सय ७६ निजि आवास पुननिर्माण भएको बताएका छन् ।
शनिबार रामेछापको सदरमुकाम मन्थलीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला सहजिकरण समिति रामेछापले पुनर्निर्माणको चार बर्षे प्रगती सार्वजनिक कार्यक्रममा उतm कुरा सार्वजनीक गरेको हो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका ईन्जिनियर किशोर विक्रम शाहिले जिल्लामा हाल सम्म ७६ प्रतिशत निजि आवास निर्माण सम्पन्न भएको जानकारी दिनुुभयो ।
उहाँले रामेछाप जिल्लामा कुल लाभग्राही ४८ हजार ९ सय ३१ रहेको र ४७ हजार १ सय १२ निजि आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएकोमा ४७ हजार ९५ जनाले पहिलो किस्ता , ४३ हजार ७ सय २७ ले दोस्रो किस्ता र ३९ हजार ७ सय ५१ ले तेस्रो किस्ता लिएको बताउनुुभएको हो ।
जिल्लाको निजि आवास पुननिर्माणका लागि १४ अर्व ६८ करोड १७ लाख बजेटमा हालसम्म १२ अर्व ८८ करोड ८९ लाख रुपैयाँ बजेट खर्च भएको ईन्जिनियर किशोर विक्रम शाहिको भनाई छ । कार्यक्रममा सहभागी हरुले रामेछापमा पुनर्निर्माणको काम प्रभावकारी रुपमा नभएको गुनासो गरेका छन् ।
केहि कर्मचारी दलका नेता लगाएतको कमजोरीले गर्दा अत्यावश्यक व्यक्तिले , विद्यालय र एकिकृत वस्तीहरुमा पुनर्निर्माणको काम हुननसक्दा समस्या भएको उनीहरुको बताएका छन् ।