समयले मागेको शिक्षा अहिलेको आवश्यकता : प्रदेश सांसद पन्थी

भगवती न्यौपाने कपिलवस्तु,पुस,१३,

समयले मागेको शिक्षा अहिलेको आवश्यकता भएको प्रदेश सांसद विष्णु पन्र्थीले बताउनु भएको छ । श्री जनसेवा आधारभुत विद्यालय वाणगंगा ८ उदयपुर मोर्मिको ३८ औ अभिभावक दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गदै उहाँले यस्तो बताउनु भएको हो । हरेक विद्यालयले विश्वसंग प्रतिस्पधा गर्न सक्ने विद्यार्थी तयार गराउन आवश्यक रहेको उहाँले बताउनु भयो । सांसद पन्थीले विद्यालय खोल्दैमा देश विकास नहुने बताउदै विद्यालको व्यवस्थापन गरि विद्यालयको सङख्या घटनाउने, भएका विद्यालयहरुको गुणस्तर सुधार गरि भौतिक व्यवस्थापन राम्रो बताउन आवश्यक रहेकोे बताउनु भएको छ । विगतमा जन्ताको श्रमदानले स्थापना भएका विद्यालयलाई अब तिनै तहका सरकाले हेर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले विद्यालयलाई नमुना बनाउन शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवालाहरुको भुमिका महत्वपुर्ण हुनेमा जोड दिनु भयो । विद्यालयको मार्गदशक शिक्षक भएको बताउदै गुणस्तरी शिक्षा प्रदान गरि आगामी दिनमा विद्यालयलाई नमुना बनाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुषाल , वडा ८ नेकपाका अध्यक्ष प्रेम विक, स्रोत व्यतिm कविराज भण्डारी, वाणगंगा माविका प्रधानाध्यापक कुलराज पौडेल लगाएतले अभिभावक दिवशको शुभकामना व्यक्त गर्नु भएको थियो । आयोजीत कार्यक्रममा प्रध्यानध्यापक ज्ञान प्रसाद पाण्डेले विद्यालयको समग्र प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । व्यवस्थापन समितिका अध्यक्ष बाबुराम थारुको अध्यक्षयता, शिक्षक भोजराज थारुको स्वागत र शिक्षक राजेन्द्र खनालको संचालनमा सम्पनन कार्यक्रममा ६ जनालाई सम्मान गरिएको थियो । अभिभावक भेलाले आगामी तीन वर्षका लागि पार्वती थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ भने दुर्गा रेग्मीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ ।कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न किसिमका सांंस्कृतिक नृत्यको प्रस्तुति गरेका थिए् ।