माटोको ढिस्कोले पुरिँदा डोजर चालकको ज्यान गयो

पुस १३,

रोल्पा । रोल्पामा सडक खन्दै गरेको डोजरलाई माटोको ढिस्कोले पुर्दा च्यापिएर चालकको ज्यान गएको छ ।

सुनछहरी गाउँपालिका–५, माबाङमा सडक खन्दै गरेको बा २ क ५१२९ नम्बरको डोजरमाथि माटोको ढिस्को खसेको थियो । ढिस्कोले च्यापिएर झिम्रुक गाउँपालिका–६ प्युठानका ४९ वर्षीय चालक हेपेन्द्र नगरकोटीको ज्यान गएको हो ।

घाइते नगरकोटीलाई उपचारका लागि सुलिचौर लैजाँदै गर्दा बाटोमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।