मानिसकाे दायित्व भनेकै वातावरण जोगाउनु र तिनीहरूकाे उचित प्रयाेग गर्नु हाे : ३ नं प्रदेश सदस्य पौडेल

मन्थली ,१३

प्रदेश नं ३ का प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेलले हाम्रो प्रमखु दायित्व वरपरको वतावरणको संरक्षण र त्यसको उचित प्रयोग गर्नुभएको बताउनुभएको छ । आइतबार रामेछापको मन्थलीमा संघीय आर्थिक सहायता तथा विकास मन्त्रालय, जर्मनी र तेरे दे जोम्सको आर्थिका सहयोग तथा सामुदायिक विकासर समाज, श्रृजनशिल युवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रमका साझेदारीमा भएको वातावरण संरक्षणका लागि सञ्चारकर्मीहरुलाई दिएको दुईदिने तालिमको समापनमा बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले वरपरको वातावरणको संरक्षण गर्न नसके मानविय जिवनको कल्पना गर्ने नसकिने भएकोले यसको उचित तरिकाले भोगचलन गर्नु पर्नेमा जोड्दिनुभयो । वातावरणको उचित प्रयोग गरेर आगामी दिनमा विकासको गतिलाई दिगो विकास गर्ने तर्फ ध्यानर्कषण गराउनुभयो । उहाँले मानव निमिर्त भौतिक संरचनाहरु वातावरण मैत्रिहुनु पर्ने बताउनुभयो । मानविय गतिविधिका कारण हिमालमा हिउँ पग्लेर हिमालहरुमा असर परेको इंगित गर्दै सदस्य पौडेले चाडै समस्याको पहिचान गरि त्यसको न्युनिकरणको लागि कदम अघिबढाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।

त्यस्तै सामुदायिक विकास समाज रामेछापका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले वतावरण संरक्षणमा पत्रकारहरुले विभिन्न गतिविधि बढाएर वतावरणिय समस्याहरु न्युनिकरणको लागि भुमिका खेल्न आग्र गर्नुभयो ।
कार्यक्रमा रामेछाप जिल्लासहित देशैभरि मानविय गतिविधिले वातावरणमा प्रतिकुल असरपरेकाले यसको न्युनिकरण गर्ने तर्फ सहभागिरुले सम्बन्धीत पक्षको ध्यानार्कषण गराएका थिए ।
कार्यक्रमा तालिममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।