‘सिद्धबाबा’को थुनछेक बहस सर्‍यो

१३ पुष,

सुनसरी । आफ्नै अनुयायीमाथि यौन दुव्र्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीको थुनछेक बहस भोलि (सोमबार) का लागि सारिएको छ ।

आज (आइतबार) बिहान ११ बजेबाट सुरु भएको थुनछेक बहसमा पीडित महिलातर्फका वकिलहरुको बयान सकिए पनि गिरीको बहस नसकिएकाले भोलिका लागि सारिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलासहित ८ जनाको बहस सकिएपछि प्रतिवादी गिरीतर्फका वकिलहरुको बहस सुरु भएको थियो ।

गिरीतर्फका ५ जना वकिलमध्ये तीन जनाको मात्र बहस सकिएको छ । अब गिरीको थुनछेक बहस भोलि सोमबार हुने भएको छ ।