अदिति घिमिरे कपको समापन

१४ पौष , मन्थली,

नवौंअदिति घिमिरे कप खेल कुदप्रतियोगिता आज एक कार्यक्रमकाबिच पुरस्कार वितरण गरि समापनगरिएको छ । मन्थली मावि मन्थलीमा आयोजना गरिएको खेलकुदकार्यक्रमको समापन समारोहका अबसरमा अन्तर संकायतथाअन्तर कक्षास्तरीय विभिन्न खेलकुद प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुखअतिथि सुहृद घिमिरे तथा रेखा घिमिरे लगाएतकाअतिथिहरुले पुरस्कार, प्रमाणपत्र, शिल्ड तथा मेडल बितरणगर्नु भएको थियो ।

बिद्यालयब्यवस्थापन समितिका अध्यक्षजगदीश सुवेदीको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रममा प्रमुखअतिथि सुहृद घिमिरेले आफ्नो सानो सहयोगबाट मन्थली माविमा अध्ययनरत विद्यार्थीहरुको खेल जिवनमा परिवर्तन ल्याउन सकेकोमा खुशीव्यक्तगर्दै आगामी दिनहरुमा पनि आफुले यस प्रकारको सहयोगलाई निरन्तरता दिने बताउनु भयो ।

कार्यक्रममा मन्थली नगरपालिकाकाप्रमुख रमेश बस्नेत, प्रमुख जिल्लाअधिकारी लिलाकुमारी के.सी,विद्यालयकाप्रअ टंक प्रसाद दाहाललगायतका बक्ताहरुले खेलकुदका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो ।

उक्त खेल संचालनका लागि विगत ९ बर्षदेखी समाजसेवी सुहृद घिमिरेले आफ्नी छोरी अदितीको नामबाट आर्थिक सहयोग गर्दै आउनु भएको छ ।
मंसिर ५ गते देखीपौष १४ गते सम्म संचालनभएको सो प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड मा खेलाइने सबैखालका खेलहरुका साथै थपअन्य खेल समेत गरी जम्मा २० वटा खेलहरु खेलाइएको विद्यालयका शैक्षिकविभागप्रमुखचन्द्र सिंहधामिले बताउनु भयो । खेलकुद प्रतियोगितामा मन्थलीमा विमाअध्ययनरत ६ सय ७२ जनाबिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।