सहकारीहरु नाफामुखि भए : अध्यक्ष थापा

रामकृष्ण श्रेष्ठ, रामेछाप ।

नवजागरण बचत तथा ऋण सहकारीका अध्यक्ष श्यम थापाले अहिलेका सहकारीहरु बलिउड चलिचत्र जस्तो भएको बताउनुभएको छ । कुन सहकारीले कति कमाउने भन्ने होडबाजिमा मात्रै लागि परेकाले राम्रा सहकारीहरुले गर्ने चाहेको काम गर्न नसकिरहेको बताउनुभएको छ । आज सहकारीमा भएको अन्तरक्रिया कार्यक्रमा बोल्दै त्यस्तो बताउनुभएको हो । बलिउड चलचित्रजस्तो एक हप्तामा ३ सय करोड कमाउने भन्ने उदाहरणदिदै उहाँले अहिलेका सहकारीहरु कुन ले कति ऋण दिने र कति नाफा कमाउने भन्नेमात्रै एक पक्षिय सिद्धन्तमा हिडेको बताउनुभयो । उहाँले आगामी दिनमा त्यस्ता गतिविधी त्यागेर नयाँ तरिकाबाट सहकारीहरु अघिबढ्न सके आर्थिक सहित सर्वपक्षिय कार्यहुनेमा जोडदिनुुभयो । सहकारीको विभिन्न कामको विगतबाट पाठसिकेको र आगामी आर्थिक समृद्धिका तर्फ सहकारी लागि पर्ने पतिबद्धता जनाउनुभयो ।
कार्यक्रमा सहकारीका ब्यवस्थापक रमेश कुमार उदाशले सहकारीले सुरुवाति चरणदेखी हालसम्म गरेको प्रगति विवरण कार्यपत्र सहित सहकारीको आर्थिक कारोबार बारेमा जानकारी दिनुभएको थियो ।
सहकारी रामेछाप जिल्लामा २०५५ साल साउन १२ गते स्थानीय २५ जना महिलाहरुको सक्रियतामा मासिक १० रुपैयाँ संकलन गर्ने गरि स्थापना भएको थियो ।
हाल संस्थाले ४० करोड भन्दामाथीको कारोबार गरिरहेको जानकारी दिएको छ । त्यस्तै हाल सम्म उद्योयग वाणिज्य संघ रामेछापको भवनमा भाडामा बस्दैआएको संस्थाको भवन बनाउन टेन्डर पक्रिय सम्पन्न गरि १ करोड ८६ लाख ९३ हजार ८ सय ३४ रुपैयामा निर्माण ब्यवसायिसंग सम्झौता गरि भवन बनाउने कार्यभैरहेको संस्थाका सचिव सोमेश थापाले जानकारी दिनुभयो ।
संस्था भरखरै सम्पन्न नेफस्कूनको ३२ स्थापना दिवस २०७६ बाट ३ नं प्रदेशकै उत्कृष्ट भएर सम्मानित भएको छ । त्यस्तै संस्थाले हालसम्म आधादर्जन भन्दा बढी राष्टिय सम्मान प्राप्त गरि सकेको छ ।
कार्यक्रमा संस्थाका सदस्य, नेफस्कूनका पदाधिकारी प्रेमनाथ वाग्ले, जिल्लासहकारी संघ रामेछापका प्रमुख हिमाल ढुङ्गेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङगेल, सञ्चारकर्मीहरु,उद्योग वाणिज्य संघका प्रमुख लगाएतको सहभागिता रहको थियो ।