ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु

मन्थली, पुष २१,

रामेछापमा ट्याक्टर दुर्घटनाहुदा एक जनाको ज्यान गएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ विर्तामा सोमबार बिहान ट्याकटर दुर्घटना हुदा १९ बर्षिय सहचालक सनम हायुको ज्यान गएको हो । सुनकोशी नदिबाट बालुवा लियर सुकाजोर तर्फजाँदै गरेको ना ३ त ७००५ नम्बरको ट्याक्टर उकालोमा ओभरलोड भएर ढाला फुस्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रहरी हवल्दार बिष्णु गौतमले जानकारी दिनुुभयो । मृतक हायुको सव जिल्ला अस्पताल रामेछापमा राखिएको छ ।