पौरखी सहकारीको छैटौ साधाराण सभा सम्पन्न,,६७ लाखमाथी कारोबार

मन्थली,२१, पौष

रामेछाप जिल्लाको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले सहकारीले देश विकासमा भुमिका खेलेको बताउनुभएको छ । सोमबार मन्थलीमा रहेको पौरखी युवा कृषि सहकारी संस्थाको छैटांै वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जिल्लामा अनगिन्तिरुपमा रहेका सहकारीहरुमा हचुवाको भरमा एउटै ब्यक्तिले एक भन्दाबढी खाता खोल्ने प्रर्विती रहेकाले आगामी दिनमा यसलाई नागरिकले सहि तरिकाले अगाडि बढनु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले सहकारीहरु नेपाल सरकारको नियम कानुनमा रहेर आर्थिक कारोबार गर्न जोडदिनुभयो ।

कार्यक्रममा पौरखी युवा कृषी सहकारी संस्था गएको २०७० साल फागुन ०१ गते साविकको मन्थली र गेलुगाविसालाई कार्यक्षेत्रबानाई युवाहरुलाई सचेत र जागरुक बनाउदै स्थानीय स्तरमा कृषि उद्यमशिलताको विकास, कृषिमा आधुनिकिकरण ल्याउने उद्देशयले स्थापना भएको जानकारी गराइएको थियो ।


विगतमा कम्जोर अवस्थामा रहको सहकारी हाल आएर ६७ लाख ९६ हजार २४ रुपैयां रहको बताएको छ । त्यस्तै संस्थाको पूंजी २० लाख भन्दामाथी रहेको बताएको छ । सहकारीमा ६ सय ५१ जान सदस्य रहेका छन् ।

चालुआर्थिक वर्षदेखी सफ्टवयेर वाट लेखा प्रणाली सुरुवात गर्न सफल भएको, रेमिट्यान्स,तरकारी संकलन केन्द्र तथा वितरण लगायत जिल्लामा संचालित कृषि सहकारी संघ र सहकारी बैंकमा आवद्ध भएर सेवा दिदै आएको संस्थानका कोषअध्यक्ष अर्पण लामाले जानकारी दिनुभयो ।


कार्यक्रमा मन्थली नगरपालिका वडा नं १ का कार्यबाहाक वडा अध्यक्ष रामहरी पौड्ल, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेल, पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष रमेश ढुङ्गेल, मन्थली क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठलगायतले बोलेका थिए ।