ओखलढुङ्गाका विद्यालयको विकासका लागि पहल गर्छुः सांसद सुनुवार

२३ पुष मन्थली

ओखलढुङ्गाका संघिय सांसद यज्ञबहादुर सुनुवारले जिल्लाका सम्पुर्ण विद्यालयहरुको विकासको लागि आफु लागि पर्ने बताउनुुभएको छ । मंगलबार ओखलढुङ्गाको लिखु पिके गाउँपालिका हुलाक चौरमा सम्पन्न भएको नव निर्मित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुुभएको हो । उहाँले आगामी दिनमा सो क्षेत्रका विद्यालयको विकास र गुणस्तरिय शिक्षाको प्रदान गर्नको लागि आफुले भुमिका खेल्ने आश्वसन दिनुभएको हो ।

त्यस्तै प्रदेश नं १ का सांसद मोहन कुमार खड्काले विद्यालय र विद्यार्थीको सुधारका लागि पहल गर्ने दाबी गर्नुभयो । उहाँले भुकम्प पछि जिल्लामा शिक्षा क्षेत्रको भौतिक संरचनामा सुधार भएको तर्क गर्दै संरचना जस्तै शिक्षामा पनि सुधार, गुणस्तरियता ल्याउनुपर्ने औल्याउनुभयो ।

विद्यालय हस्तान्तरणा

एसियाली विकास बैङकको ऋण सहयोगमा भुकम्पपछि पुर्ण निर्माण प्राधिकरण ओखलढ्ङ्गाद्धारा सुनकोसी बलबहादुर जेवीकन्ट्रक्सन निर्माण कम्पनीसंग गत २०७५ साउनमा सम्झौत भई निर्माण सम्पन्न भएको अत्याधुनिक किसिमको सेवा सुविधा सम्पन्न विद्यालय मंगलबार भब्य संस्कृति कार्यक्रमका बिच विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

५ कारोड ३४ लाखमा बनेको श्री ज्यानज्योति माविमा हाल ३ सय ५० विद्यार्थी माध्यिमिक तहसम्म अध्ययन गरि रहेका छन् । नव निर्मित अत्यधुनिक विद्यालयमा साईन्स् ल्याब, डान्सिङ कक्षा, धारा पानी, शौचालय, खेलमैदान, लगायत ब्यवस्थित वातावरण तयार गरिएको निमार्ण ब्यवासायिका प्रतिनिधी केशव महतले जनता भ्वासलाई जानकार िदिनुुभयो