मन्थलीका अटो चालकलाई एक हप्ताभित्र सुधार गर्न ट्रफिक प्रहरीको सुझाव : नसुध्रिय कार्वही गर्ने चेतावनी

पौष,२३, मन्थली,

फाेटाे : नवराज श्रेष्ठकाे फेस्बुकबाट

रामेछापको मन्थलीमा संचालन हुने अटोका संचालकहरुलाई सुझाव दिएको छ । बुधाबार मन्थलीमा अटो यात्रुहरुको गुनासोलाई ध्यानमा राख्दै आवश्यक निर्देशन दिएको जिल्ला ट्रापिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले जनता भ्वासलाई जानकारी दिनुभयो । उनीहरुलाई अबको एकहप्ता यात्रुको सुविधा र नियमभित्र रहेर आवश्यकता अनुसार सधार गर्न निर्देशन दिएको छ ।


अहिले मन्थलीमा संचालित अटोले निर्धा्रित भडादर भन्दा बढि भाडा असुल्ने, क्षमता भन्दा बढि यात्रु बोक्ने, बजार क्षेत्रमा आवश्यक भन्दा तिव्र गतिमा अटो चलाउँने गरेको अटो यात्रुहरुले बताउदै आएका छन् ।
ट्रफिक प्रहरीले एक हप्ताभित्र अटो चालकहरुले सुधार नगरे कारवाही गरिने चेतावनी दिएको बताउनुभएको छ ।

मन्थलीमा हाल २४ वटा अटो संचालनमा रहेको पनि बताउनुभएको छ । जिल्लाम संचालित यातायातका सवारी साधानबाट दुर्घटनाका कारण मानिसले ज्यान गुमाउन नपरोस भनि चेकजाँचमा थप कडाई गरिएको पनि जानकारी दिनुभयो ।