रामेछाप जिल्लाम चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परि १० जनाको मृत्यु : १५ जना घाइते , दुर्घटना कम भएको ट्राफिक प्रहरीको दाबी,,,

मन्थली,पौष, २३,

रामेछाप जिल्लामा चालु आर्थिक वर्षको ६ महिनाभित्र भएका विभिन्न यातायात दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न ठाउँमा भएको दुर्घटनामा परि उनीहरुको मृत्यु भएको हो ।

जनता भ्वासका पत्रकारलाई दिएको जानकारी अनुसार गएको साउन महिना यात्रु र यातायात ब्यवासायिको लागि सुखद् रहेको जिल्ला ट्राफिक प्रहरी रामेछापका हवलदार विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै गएको भदौ महिनामा ३ दुर्घटनामा परि एक जनाको मृत्यु,३ जना गम्भिर घाईते भएका छन् ।

त्यस्तै आसोज महिनामा भएको २ दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने, गम्भिर घाईते ३ जना भएका छन् ।

त्यस्तै गएको कात्र्तिक महिनामा भएको २ दुर्घटनामा परि एक जनाको मृत्युभएको छ भने एक गम्भिर एक सामान्य घाईते भएका छन् ।
मंसिर महिनामा भएको ३ वाट छुटाछुटै दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने समान्य घाईते ११ जना भएका छन् ।

त्यस्तै चालु महिनाको पौष २० गतेसम्मको तथ्याकलाई हेर्दा ३ दुर्घटनामा परि २ जनाको मृत्यु भैसकेको छ भने २ जना गम्भिर घाइते भएका छन् । जसमा ६ वर्ष मुनिका ४ जना बलक र २ जना बालिका रहेका छन् ।

त्यस्तै ६ देखी १६ वर्ष मुनिका एक जनाको मृत्यु भएका छन् भने ३ जना घाइते भएका छन् ।

त्यस्तै सोही उमेरका बालिका २ जनको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

त्यस्तै १६ देखी २५ वर्षका ३ जना महिलाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । त्यस्तै २५ वर्ष भन्दा माथी उमेरका पुरुष ३ जनाको मृत्यु भएको छ ।

गएको ०७५÷०७६ मा जिल्लामा १८ वटा छुटाछुटै दुर्घटना भएको ती दुर्घटनामा परि १० जनाको मृत्यु भएका थियो । २० जना गम्भिर घाइते र ४९ जना सामान्य घाइते भएका थिए ।

हि तथ्याङकलाई आधार मान्दा जिल्लामा गएको वर्षको तुलनामा सडक यो वर्ष सडक दुर्घटना कम भएको दाबी जिल्ला ट्राफिक प्रहरीले गरेको छ ।

फोटो google