दोरम्बमा ट्रकले ठक्कर दिदाँ ६ वर्षीय बालिकाको मृत्यु

मन्थली, २५,

रामेछापको दोरम्बा गाउँपालिका वडा नं ३ टोकरपुर जिरो किलोमा ट्रकले ठक्कर दिदाँ अन्दाजी ६ वर्षीय एक जनाको घटना स्थलमै ज्यान गएको छ । बिहिबार दिउसाँ ३ बजे स्थानीय प्रतिमा कंडेललाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यत्रलय रामेछापका प्रहरी प्रमुख वसन्त पाठकले जनता भ्वासलाई जानकारी दिनुभयो । बा २ क ९००९ नंम्बरको ट्रकले ढुङगा ओसारर्दै गर्दा बालिकालाई पछाडिपटि बाट बालिकालाई ठक्कर दिएको हो । उनको शव अहिले जिल्ला स्वस्थ्य कार्यलय रामेछाप ल्याएको र गाडीका चालक फरार रहेको उहाँले जानकारी दिनुभयो । गाडी भने प्रहरीले नियन्त्रणमा लिएको छ ।