हाजिर जवाफमा मन्थली मावि प्रथम : लिटिल स्टारले सहभागिता जनायन

मन्थली, पौष,२५

रामेछापको सदरमुकाम मन्थली स्तिथ सानिमदौ सामुदायिक अध्ययन केन्द्रले आयोजना गरेको हाजिर जवाफ प्रतियोगितामा मन्थली माविले प्रथम स्थान हासिल गरेको मन्थली माविका शिक्षक चन्द्र सिंहधामीले जानकारी दिनुभयो । कक्षा आठको नेपाली अंग्रेजी, विज्ञान, समाजिक, गणित र जिकेको गरी कुल १०० नंम्बर अंकमा आधारीत सो प्रतियोगतामा मन्थली नगरपालिका वडा नं १ भित्रका चार वटा विद्यालयहरुको सहभागिता रहेको थियो । वडाको लिटिल स्टार स्कुलले भने सहभागिता जनाएको थिएन ।
जसमा मन्थली मावि प्रथम, तामाकोसी बोडिङ स्कुल द्धितिय, कर्कलादेबी बोडिङ स्कुल तृतिय र नगकन्या मावि सान्त्वना भएका छन् ।
उनीहरुले नगद ५ हजार, २ हजार, ३ हजार र १ हजार पुरस्कार प्रदान गरिएको मन्थली माविका शिक्षक धामीले जानकारी दिनुभयो ।
प्रतियोगिताको सन्चालन खिम्ती प्रोजेक्ट स्कूलका शिक्षक नरेन्द्र धामी र मदन धामीले गर्नुभएको थियो ।