मरिण महोत्सव माघ ७ गते देखि

सम्झना श्रेष्ठ , माघ २

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा मरिण महोत्सव हुने भएको छ । महोत्सव यही माघ ७ गते देखि १८ गतेसम्म मरिण महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० हाम्रो अभियान, समृद्ध मरिण हाम्रो पहिचान भन्ने नारा सहित मरिण महोत्सव हुन लागेको हो । कृषी, पर्यटन, सांस्कृतीक, सुचना, प्रविधि तथा व्यापार मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।
महोत्सव पर्यटन वर्ष २०२० लाई लक्षित गरि मरिण गाउँपालिका ४ मा आयोजना गर्न लागीएको हो । महोत्सव सिन्धुली उद्योग वाणिज्य संघ शाखा कार्यालय मरिण र मरिण गाउँपालिकाको आयोजनामा हुन लागेको हो । कार्यक्रममा विभिन्न स्थानिय उत्पादन, खानाको परिकार रहने छ । महोत्सवले पर्यटन प्रवर्दनमा जोड दिने मरिण गाउँपालिकाका अध्यक्ष पानीराज वम्जनले बताउनुभयो । मरिणमा उद्योग स्थापनाका लागि पर्याप्त जग्गा रहेको उल्लेख गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न तथा प्रचार प्रसार गर्न पनि यस सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।