सिन्धुलीमा जन्ती सवार गाडी दुर्घटना, १३ घाइते

सम्झना श्रेष्ठ,माघ २

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा जन्ती सवार गाडी दुर्घट्नामा परेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मरिण गाउँपालिका वडा नं १ ककटौजेबाट हरिहरपुरगढी गाउँपालिकाको तामाजोर जन्ती लिएर जाँदै गरेको ना। १ च १८६० नम्बरको गाडी मदनभण्डारी रामाजर्ग अन्तर्गत हरिपरपुरगढी गाउँपालिकाको देवीस्थानमा विहिबार दिउँसो आफैँ अनियन्त्रीत भई दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको छ । उक्त गाडीमा १६ जना सवार रहेकोमा १३ जना घाइते भएको सिन्धुली प्रहरी प्रमुख रञ्जु सिक्देलले जानकारी दिनुभयो । दुर्घटनामा सिन्धुली मरीण गाउँपालिका–२ सिर्थौली की २२ वर्षीय उर्मिला गुर्मछाने, १७ वर्षीय अनिता सुईयाल, वडा नं। १ की १८ वर्षीय मन कुमारी मगर, १५ बर्र्षीय उषा मगर घाइते भएका छन् ।
घाइते १९ वर्षीय राज कुमार रखाल , १८ वर्षीय होम बहादुर खपाङगी, १७ वर्षीय मिलन रखाल मगर, १७ वर्षीय सन्देश रखाल, १८ वर्षिय दिल बहादुर पुलामि, १६ वर्षिय सानु खपाङगी मगर र १६ को रुपेश मगर, २० वर्षिय एक बहादुर पुलामी र २६ वर्षिय योगेश इस्माइलको थप उपचारको लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको बताइएको छ ।

यसैबिच मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले विज्ञप्ति मार्फत घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । दुर्घट्नामा १ दर्जन बढि सामान्य घाइते रहेको मरिण गाउँपालिकाले स्वास्थ्यलाभको कामना गर्दै निकालिऐको विज्ञप्तिमा उल्लेख छ ।