दुई आयोगका पदाधिकारीको नाम सिफारिस

माघ ४,

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा अध्यक्षसहित सदस्यहरुको नाम सिफारिस भएको छ ।

मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको शनिबार बसेको बैठकले नाम सिफारिस गरेको हो ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले कानूनमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गणेश दत्त भट्टसहित सदस्यहरुमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ ।

त्यस्तै बेपत्ता छानबिन आयोगको अध्यक्षमा युवराज सुवेदीसहित सदस्यहरुमा शिवदत्त भण्डारी, सुनिल रञ्जन सिंह, गंगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सबै पदाधिकारीको नाम अनुमोदन गर्ने कानून न्याय, तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।