देउवाले हकारे मतदाता, एमसीसी पारित गर्न समर्थन

माघ ५,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० परियोजना संसदबाट पारित गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

दाङमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा देउवाले उक्त परियोजना नेपालको हितमा रहेको जिकिर गर्दै संसदबाट जसरी पनि पारित हुने दाबी गर्नुुभयो ।

एमसिसी आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदले पारित गरेको जानकारी दिँदै उहाँले यति ठूलो रकम अमेरिकाले पहिलो पटक सहयोगमा दिएकाले जसरी पनि पारित गरिनुपर्ने जिकिर गर्नुुभयो ।

एमसीसी पारित भए विद्युत व्यापार विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने दाबी पनि गर्नुुभयो । एमसिसी पारित भए नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने भन्दै देउवाले बुटवलदेखि नयाँदिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको जानकारी दिनुुभयो ।

देउवाले राष्ट्रियताको पक्षमा बोल्दा सत्ता पक्षलाई चित्त दुखेको भन्दै ओली सरकारले दुई बर्षसम्म भ्रष्टाचारबाहेक अरु केही नगरेको आरोप लगाउनुुभएको छ ।