रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा ९ सय ९२ मत खस्यो, मतगणना सुरु : कस्ले मार्ला बाजी

माघ ५

रामेछाप उद्योग वाणिज्य संघको नयाँ पदाधिकारीको लागि आइतबार मन्थलीमा मतदान कार्यक्रम सम्पन्न भएको छ । महासंघको अध्यक्ष लगायत १४ पदका लागि मतदान भएको छ । मतदान बिहान ७ बजेदेखि अपरान्ह ४ बजेम्म भएको थियो । कुल १ हजार ९९ मतदाता रहेको संघमा ९ सय ९२ मत खसेको छ ।
अहिले मतगणना सुरु भएको छ ।

निर्वाचनमा २ वटा समुह अलग अलग समुह बनाएर चुनावी मैदानमा छन् । एक पार्टीबाट अध्यक्षका लागि केशाव घिमिरेसहित क्रमश ढाकल थापा, इश्वरचन्द्र श्रेष्ठ, रामसुदिश साह, कृष्णबहादुर थापा, रमेश ढुँगेल र प्रमोदकुमार श्रेष्ठ रहेनुु भएको छ ।
त्यस्तै घिमिरे समुहमा अरविन कुमार श्रेष्ठ, डम्बरकुमारी भण्डारी, यज्ञप्रसाद सुवेदी, वासुदेव फुयाँल, विश्वराज कोइराला, नथुनी पुर्वे र सुनिरा श्रेष्ठ रहेका छन् ।
अर्को पार्टीबाट जगन्नाथ दाहालको समुहमा नविन थापा मगर, दामोदर थापा, भिमशेन थापा, नवराज ढुँगेल, सुरेश उदाश र पवनकुमार कठायत रहेका छन् ।
सो समुहबाट जगन्नाथ दाहालको अध्यक्षतामा उम्मेदवराहरुले चुनामा भाग लिइएका हुन ।