रामेछाप कांग्रेसले बुझायो प्रधान्मन्त्रीलाई विरोध पत्र

माघ , ०५,

रामेछाप । नेपाली कांग्रेस जिल्ला कार्या समिति रामेछापले प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी, पाण्डेमार्फत प्रधान्मन्त्री केपी शार्मा ओलीलाई विरोध पत्र बुझाएको छ । आइतबार मन्थलीमा जिल्ला सभापति लवश्री न्यौपानेको नेतृत्वमा ध्यानकर्षण गराउर्दै सो पत्र बुझाएको हो ।

कांगेसले देशब्यापी आन्दोलन गर्ने चेतावनी यसै पत्रमार्फत दिएको हो ।

उसले सरकार विधिले भन्दा पनि प्रधान्मन्त्री लगायतका केही ब्यक्तिहरुको हुकुमी शैलिमा संचालन भएको, स्थानीय तहदेखी भ्रष्टचार संघसम्म लिप्त भएको, नागरिको बोल्न पाउने हकै हनन् गर्ने गरि लोकतन्त्र र्मम विपरित विधेयकहरु सदनमा ल्याएको लगायत सुचना प्रविधि विधयेक ल्याएर नागरिकको स्वतन्त्रता माथी प्रहार गरेको आरोप लगायको छ ।

कांग्रेसले आफुसदैव नागरिकाको साथमा रहेको दाबी गर्दै लोकतन्त्र र राष्ट्रिताको रक्षाको लागि सरकारलाई सचेत गराउने बाटोमा रहेको बताएको छ । उसले नागरिको अधिकार हनन् हुने गरि विधयहरु ल्याएमा देशैभरि आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।