रामेछाप जेसिजको पाँचौ पदस्थापन तथा पद हस्तान्तरण समारोह सम्पन्न

५ माघ

रामेछाप । रामेछाप जेसिजको पाँचौ पदस्थापन तथा पद हस्तान्तरण समारोह शनिबार रामेछापको मन्थलीम सम्पन्न भएको छ ।


रामेछाप जेसिजको पाँचौ पदस्थापन तथा पद हस्तान्तरण समोरोह कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा शनिबार मन्थलीमा सम्पन्न भएको हो । कांग्रेस केन्द्रिय सदस्य पौडेलले उद्धघाटन समारोहमा बोल्दै जेसिजले सुरुवात गरेको अभियान स्वागतयोग्य भएको बताउनु भएको छ ।

दुनियाँ परिवर्तनशील भएको भन्दै उहाँले परिर्वतशील समाजको नेतृत्व परिवर्तन भइरहनु पर्ने भएकोले जेसिजले अपनत्व गरेको विधि अत्यन्तै स्वागतयोग्य भएको बताउनुभयो ।


जेसिज अन्तर्गतको कार्यक्रममार्फत धेरै व्यक्तिहरुलाई समेट्न पनि आग्रह गर्नु भएको थियो । कार्यक्रममा सन् २०१९ का अध्यक्षका तर्फबाट मायाको चिनो पनि वितरण गरिएको थियो । सन् २०१९ को जेसिजका अध्यक्ष राजकुमार केसीको पदावधि समाप्त भएसँगै सन् २०२० को अध्यक्षको पदभार गोपाल खड्काले गर्नु भएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा, उपप्रमुख सिर्जना खड्का, नेपाली कांग्रेस पूर्व जिल्ला सभापति लवश्री न्यौपाने, अन्य पार्टी प्रतिनिधि लगायत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।