रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा केशव घिमिरे विजयी

माघ, ०६

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा केशव प्रसाद घिमिरे विजयी हुनुभएको छ । आइतबार मन्थलीमा भएको निर्वाचनमा घिमिरे ९ मतले विजयी हुनुभएको हो ।

घिमिरेले कुल ४ सय ८६ मत प्राप्त गर्दा उहाँका प्रतिस्प्रधी जगन्थ दाहालले कुल ४ सय ७७ मत प्रप्त गनुभएको थियो । निकै प्रतिस्पर्धात्मक रुपमा भएको मत परिणामको गणनामा घिमिरेले जित हाँसील गर्न सफल हुनुभएको हो ।

अध्यक्ष पदका लागि संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष केशव प्रसाद घिमिरे र निवर्तमान महासचिब जगन्नाथ दाहाल छुटा छुट्टै नाम दर्ता गराउनुभएको थियो । कुल १ हजार ९९ जना मतदाता रहेकोमा जम्मा ९ सय ९२ मत खसेको थियो । बाँकी पदादिकारीकाहरुको विवरण आउन बाँकी रहेको छ ।