गेलुमा एक जना वयस्क विष सेवान गरि आत्महत्या

माघ, ०८

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ११ गेलुमा एक जना वयस्कले आत्महत्य गरेका छन् । बुधाबार विहान अन्दाजी ८ : ३० बजेको समयमा स्थानीय प्रेम बहादुर घिसिङले ब्लुम नाम गरेको औषधी सेवान गरि आत्महत्या गरेका हुन ।

अन्दाजी ३० वर्षीय घिसिङले किरामार्ने औषधी सेवान गरि ज्यान गुमाएको रामेछाप जिल्ला प्रहरी निरिक्षक सानु तामाङले जनता भ्वासलाई जानकारी दिनुभयो ।

उनी लामो समयदेखी सारादा माविमा कार्यालय सहयोगिका रुपमा कार्यरत रहेको थिए ।

उनी कार्यरत विद्यालयमा केहि दिन अघि विद्यालयको प्रोजेक्टर हराएको थियो । सो प्रोजेक्टर कसरी हरायो भन्ने सम्दर्भमा छलफल गर्दा सो सामान आफैले लुकायको घिसिङले स्वकार गरेको र बुधबार (आज) देखाउने भनेका थिए । सोही कुराले आत्मगाल्नी भएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरी निरिक्षक तामाङले जानकारी दिनुभयो ।

उनलाई जिल्ला सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारकालागि पु¥याउन साथ डाक्टरले मृत घोषण गरेका थिए ।

उनको शव पोषमाटम गर्ने तयारी भैरहको घटना स्थलबाट प्रहरी निरिक्षकले जानकारी दिनुभयो ।