मन्थली नगरपालिकामा माघ १० गते सार्वजनिक बिदा

माघ, ०८,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आगामी माघ १० गते विदा दिएको छ । बुधबार एक सुचना जारी गर्दै नगरपालिकाले बाग्मती प्रदेशको गत पौष २७ गते बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकको निर्णय बमोजिम रामेछाप जिल्लाको मन्थली नगरपालिकाले पनि सार्वजनीक विदा दिएको जनाएको हो ।

नगरपालिकाले आफ्ना सबै वडा कार्यालय, शैक्षिक संस्था लगायतका सम्पूर्ण सरकारी काम बन्द भएको जनाएको प्रमखु पशासकीय अधिकृत दिपक कोईरालाले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरिएको छ ।